सिरियामा फेरी एक सयको हत्या,रक्तपात रोक्न सिरियालाई राष्ट्रसंघको आग्रह

३० जेष्ठ २०६९, मंगलवार १८:३१ मा प्रकाशित

काठमाडौ, ३० जेठ ।विगत चौध महिनाभन्दा लामो समयदेखि जारी रहेको हिंसाको चपेटामा परेको सिरियामा पछिल्लो समयमा हिजो पुनः एकसय जनाको ज्यान गएको छ । सिरियाको अल हेफा सहरमा हिजोमात्रै गरिएको हेलिकोप्टर आक्रमणमा परी एक सयजना सिरियालीको ज्यान गएको छ । सिरियाका विद्रोहीहरुको पकड मानिएको सो सहरमा सरकारी सेनाले नै हेलिकोप्टरबाट आक्रमण गरिएको बताइएको छ । आक्रमणमा अरु कयौ सर्वसाधरण घाईते भएका छन् । हालै निुयुक्त भएका सिरियाली प्रतिपक्षी नेताले सिरियाली राष्ट्रपति बसार अल असादलाई जतिसक्यो चाँडो सत्ता छोड्न गरेको आग्रहलगत्तै यो नरसंहार भएको बताइएको छ ।यसैबीच,संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मुनले सिरियामा भइरहेको रक्तपात र लडाई रोक्न सिरियाली सरकारसँग अह्वान गर्नुभएको छ । बानका प्रवक्ताद्वारा जारी विज्ञाप्तिमा थप हिंसा तत्काल रोक्न तथा हालको सिरियाको समस्या समाधानका लागि शान्तिपूर्ण राजनीतिक समाधान खोज्नु पर्ने उल्लेख छ ।  संयुक्त राष्ट्र सङ्घका पूर्व महासचिव तथा अरव लिगका शान्ति दूत कोफी अन्नानको छ बुँदे प्रस्तावलाई लागू गनृ र सिरियाको राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको पन्ध्र महिने जनआन्दोलनलाई छिट्टै अन्त्य गर्नुपर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय