पाकिस्तान–अमेरिका वार्ता असफल

३० जेष्ठ २०६९, मंगलवार १८:३० मा प्रकाशित

काठमाडौ, ३० जेठ ।नेटो सैनिकका लागि खाद्यान्न तथा तेल आपूर्ति गर्ने विषयमा पाकिस्तानसँग जारी रहेको वार्ता सफल हुन नसकेपछि अमेरिकाले आफ्नो वार्ता टोली फिर्ता बोलाएको छ । अफगानिस्तानमा रहेको नेटो सैनिकका लागि आवश्यक खाद्यान्नको आपूर्ति गर्ने मार्ग खुलागर्ने सम्बन्धमा संयुक्त राज्य अमेरिकाले पाकिस्तानसँग वार्ता गरेको थियो । अफगानिस्तानमा शान्ति स्थापनाका लागि कार्यरत नेटो सैनिकलाई आवश्यक अधिकांश खाद्यान्न र तेल पाकिस्तान भएरमात्र अफगानिस्तान पु¥याउने गरिएको छ । सो मार्ग पाकिस्तानले बन्द गरिदिएपछि नेटो सैनिकको नेतृत्व गरिरहेको अमेरिकाले मार्ग खुलाउनका लागि वार्ताको पहल गरेको थियो ।  गएको नोभेम्बर महिनादेखि पाकिस्तानले सो आपूर्ति मार्ग बन्द गरेको थियो । त्यसयता सो सैनिक समूहका लागि आपूर्तिका लागि समस्या उत्पन्न हुँदै आएको अन्तराषर््िटय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार