अभिनेत्री जेसिकाद्वारा आत्महत्या

३० जेष्ठ २०६९, मंगलवार १७:३२ मा प्रकाशित

काठमाडौं, जेठ ३० । नेपाली चलचित्री नायिका तथा मोडल जेसिका खड्काले आत्महत्या गरेकी छिन् । जङ्गल क्वीन, जङ्गल लभ, मेरो माया तिमीलाई, अचानकलगायतका चलचित्र र अनेकौं टेलिचलचित्रहरुमा अभिनय गरिसकेकी जेसिका मंगलबार विहान उनी बस्दैआएकी काठमाडौं झोंछेस्थित डेरामा पासो लगाएर झण्डिएको अवस्थामा फेला परेकी हुन् । आफ्नै भाइसंग बस्दैआएकी जेसिकाले बिहान अबेरसम्म पनि ढोका नखोलेपछि प्रहरीको उपस्थितिमा कोठाको ढोका खोली हेर्दा आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् ।
इटहरीकी स्थायी वासिन्दा ज्योति केही वर्षअघि गायक प्रकाश ओझासंगको सेक्स भिडियोका कारण विवादमा परेपछि केही वर्ष विदेशिएर फर्कंदा ‘जेसिका’ बनेर नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहंदै आएकी थिइन् । जेसिकाद्वारा अभिनित लक्की सेभेन र गहिराई नामक चलचित्र रिलिज हुन बांकी छन् । उनले आत्महत्या किन गरिन् भन्ने सवाल यतिबेला निकै चासो र चर्चाको विषय बनेको छ । प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर जेसिकाको आत्महत्याबारे सोधपुछ गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक