कान्छि नायीकाले गरीन रोधि उद्घाटन

४ बैशाख २०७२, शुक्रबार १३:३८ मा प्रकाशित

बैशाख । काठमाडौं उपत्यकामा रोधी क्लवहरुको भीडमा खुलेको एक अत्याधुनिक रोधी क्लवको नेपालकै कान्छि नायीका एनी भट्टराईले उद्घाटन गरेकी छिन् । नया बर्ष ०७२ संगै चाबहिल चोकमा खुलेको स्वर संम्राट रोधी क्लवको नायीका एनीले उद्घाटन गरेकी हुन् ।
उद्घाटनमा एनीलाई पत्रकार ऋषी धमला, चलचित्रकर्मी मोहन निरौलाले पाि साथ दिएका थिए । रोधिको उद्घाटन गर्दै कान्छि नायीको रुपमा आफुलाई स्थापीत गरीसकेकी ५ वर्षिया नायीका एनिले नेपाली कला संस्कृतीको जर्गेना गर्न स्वरसम्राट दोहोरीले महत्वपुर्ण भुमिका खेल्ने गहकीलो भनाई राखिन् । यस्तै पत्रकार ऋषी धमलाले लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सञ्चालनमा आएको दोहोरी साझलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । उद्घाटन समारोहमा कलाकारहरु बिनोद श्रेष्ठ , अर्जुन श्रेष्ठ लगाएतको सहभागीता थियो ।
पूर्ण पारिवारिक वातावरणमासंचालन गर्न लागेको रोधीक्लवले काठमाडौंमै पहिलोचोटी पूर्ण साउन्डप्रुफ हलको व्यवस्था गरेको संचालक नविन बुढाथोकीको दाबी छ । साउन प्रुफ तथा अत्याधुनिक साउण्ड सिस्टम र आकर्षक सजावटका साथ संचालन गरीएको यस क्लव खोल्नको लागी ५० लाख खर्च भएको उनको भनाई छ । ‘कला संस्कृतिको संरक्षण, श्रष्टा र पाहुनाको सम्मान स्वरसंम्राट दोहोरी साझको अभियान’ भन्ने नारालाई आत्मसाथ गर्दै रोधि क्ल्व खोलीएको चलचित्रकर्मी समेत रहेका संचालक बुढाथोकीले बताए । उनले भने ‘ लोप हुदै गएको लोक संस्कृतिको जर्गेना गर्दै कला र संगितको क्षेत्रलाई फराकिलो बनाउने उद्देश्यले दोहोरी साझ सञ्चालन गरेका हौ ।’
दैनिक ख्याति प्रप्त गायक गायिकाहरुको प्रस्तुति रहने यस रोधी क्ल्वमा मुध क्षेत्रि, भुमिका गिरी, स्मृती गौतम, जेरी क्षेत्री,प्रदिप रोक्कालगायतका गायक गायिकाहरुले दोहोरी गाएर मनोरञ्जन दिने छन् । यस रोधी क्ल्वमा लोकदोहोरी, आधुनिक, गजल, नृत्य, हाँस्यव्यंग्यका साथमा पञ्चैबाजाको पनि रौनकता पनि दिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गायक तिलक बस्नेतको शब्द संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन सुपरम्यान’ सार्वजनिक भएको छ। डान्सिङ शैलीको

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र

काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर आफ्नो संगीत