नयाँ बर्षमा ग्राण्डीले ल्यायो सुलभ मूल्यको सिद्धार्थ वार्ड

३ बैशाख २०७२, बिहीबार १२:१७ मा प्रकाशित

काठमाण्डौ बैशाख ३ ।ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बर्ष २०७२ को शुरुवात सँगै बिश्व स्तरको उपचार सेवा सबै नेपालीको पहुँचमा पुर्याउने उद्देश्यले पाँचसय रुपैँयाको बेड सहितको सिद्धार्थ वार्डको संचालनामा ल्याएको छ ।
बरिष्ठ कलाकार हरिबंश आचार्य र मदन कृष्ण श्रेष्ठले आज एक समारोहकाबीच सिद्धार्थ वार्डको उद्घाटन गर्नुभयो ।
नेपाल सरकारको सबैका लागि स्वास्थ्य भन्ने राष्ट्रव्यापि अभियानलाई समेत टेवा पुर्याउने र विश्व स्तरीय स्वास्थ्य सेवामा सबै नेपालीको पहुँच हुनुपर्ने मान्यता सहित सिद्धार्थ वार्ड संचालनमा ल्याएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले जानकारी दिनुभएको छ ।
सिद्धार्थ वार्डमा भर्ना हुने बिरामीले प्रतिदिन प्रति वेड पाँच सय रुपँया मात्र तिर्नु पर्ने बताइएको छ । तुलनात्मक रुपमा यो वेड शुल्क सरकारी स्वामित्व भएका र सामुदायिक अस्पतालहरु सरह नै रहेको छ ।
नयाँ बर्षको अवसर पारेर शुरु गरिएको सिद्धार्थ वार्डले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको बिश्व स्तरको उपचार सेवालाई बहुसंख्यक नेपालीको पहुँचमा पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

काठमाडौं । सभामुख र सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप लगाईंदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी