स्थानको अभावमा वन्यजन्तुको व्यवस्थापन गर्न कठिनाइ / भीष्मराज ओझा/शर्मिला पाठक

३ बैशाख २०७२, बिहीबार १०:५२ मा प्रकाशित

काठमाण्डौ । दिनहँ बढ्दै गएको अवलोकनकर्ताको चाप र साँघुरो स्थानका कारण सदर चिडियाखानामा वन्यजन्तुको व्यवस्थापनमा कठिनाइ देखिएको छ ।
मुलुकको सबैभन्दा पुरानो सदर चिडियाखानामा १२० रोपनी क्षेत्रफलमा हाल रहेका १२६ प्रजातिका झन्डै ८०० जीवजन्तुको स्याहार र वासस्थानको व्यवस्थापन गर्न चिडियाखानालाई समस्या परेको हो ।
विसं १९८९ मा स्थापना भएको ललितपुरको जावलाखेलमा अवस्थित चिडियाखानामा स्थानको अभावले न त अवलोकनकर्ताले राम्रोसँग जीवजन्तुको अवलोकन गर्न पाएका छन् न त जीवजन्तु नै उचित वातावरणमा रहन पाएका छन् ।
स्थानको अभावका साथै बजेट र जनशक्तिको कमीका कारण भनेअनुसारको चिडियाखानाको व्यवस्थापन गर्न कठिन भएको चिडियाखानाका व्यवस्थापन प्रमुख सरिता ज्ञवाली बताउनुहुन्छ ।
स्थानको अभावलाई मध्यनजर गर्दै सरकारले केही समय अघि मात्र सो चिडियाखानालाई सूर्यविनायकका सामुदायिक वनमा सार्ने र खुला चिडियाखानाको अवधारणामा सञ्चालन गर्ने घोषणा गरे पनि हालसम्म त्यसबारेमा कुनै कार्य भएको देखिँदैन ।
चिडियाखानाका व्यवस्थापन प्रमुख ज्ञवालीका अनुसार वार्षिक आम्दानी हुने बजेटका आधारमा मात्र चिडियाखानाको सम्पूर्ण खर्च धान्नुपर्ने बाध्यता रहेको छ ।
चिडियाखानामा अवलोकनका लागि वार्षिक रु १० देखि ११ लाखको सङ्ख्यामा आउने अवलोकनकर्ताबाट चिडियाखानाले वार्षिक रु आठ करोड आम्दानी गर्दै आएको छ । यही आम्दानीबाट चिडियाखानाले जीव जनावरको आहार र ७४ जना कर्मचारीको खर्च धान्दै आएको चिडियाखानाका लेखा अधिकृत सुकबहादुर गुरुङ बताउनुहुन्छ ।
स्थान अभावका कारण हाल चिडियाखानामा रहेका बाघ, भालु, हात्ती, गैँडाजस्ता ठूला जनावर मात्र हैन अस्ट्रिच, खोयाहाँस, गिद्धलगायतका पक्षीसमेत स्थानको अभावमा सङ्घर्षमय जीवन बिताइरहेका देख्न सकिन्छ ।
चिडियाखानाको प्रमुख आकर्षकको रुपमा रहेका पाटेबाघ, हात्ती, गैँडा, अस्ट्रिज, मयुर, रेड पान्डालगायतका जनावर हेर्न आउनेको चाप देखिने गरेको भए पनि उचित व्यवस्थापन नभएको अवलोकनकर्ताको गुनासो छ ।
मुलुककै सबैभन्दा ठूलो चिडियाखाना जीवजन्तुको व्यवस्थापनका हिसाबले साँघुरो हुनुका साथै फोहर वातावरणसमेत भएको पहिलो पटक चिडियाखानामा अवलोकनका लागि पुगेकी लमजुङकी अंशु पाण्डेको भनाइ छ ।
चाडवाड र उत्सवमा दैनिक ३४ हजारको हाराहारी आउने अवलोकनकर्ताको भीड र हल्लालाई चिडियाखानाको हालको स्थान र क्षमताले धान्न समस्या परेको व्यवस्थापन पक्षको गुनासो छ ।
सामान्यतया चिडियाखाना अवलोकनको लागि दैनिक तीन हजारदेखि पाँच हजार जनाको हाराहारीमा आउने गरेका छन् । जीव जनावरको अवलोकनसँगै विद्यालय बिदाका दिन बालबालिकासमेत मनोरञ्जनका लागि चिडियाखाना आउने गर्दछन् । अहिले चिडियाखाना प्रवेशको लागि रु १००, विद्यार्थीको लागि रु ६० र १२ वर्षमुनिका बालबालिकाको लागि रु ५० निर्धारण गरेको छ ।
नुवाकोटबाट आफ्नो परिवारसँगै चिडियाखाना अवलोकनको लागि आएका सुनिल केसीले पहिलेको तुलनामा हाल केही सुधार भए पनि लोपउन्मुख सिंहलगायतका जनावर हेर्न नपाएको बताउनुभयो ।
मानव बस्तीको बीच र साँघुरो स्थानमा धेरै जीवजनावर राखिएको भन्दै चिडियाखानाको वरपरका घरले दुर्गन्ध आउने गरेको गुनासो गर्दै आएका छन् भने चिडियाखाना व्यवस्थापन पक्षले पनि वरपरका घरबाट चिडियाखाना क्षेत्रमा फोहर फालिने गरेको बताएको छ ।
स्थान अभावको समस्यालाई सम्बोधन गर्न सरकारले गरेको घोषणासँगै भक्तपुरको सूर्यविनायकमा चिडियाखानाका बाघ, हात्ती, गैँडाजस्ता ठूला जनावरलाई स्थानान्तरण गरी खुलारुपमा राख्ने कार्य अघि बढिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेलले बताउनुभयो ।
यसबारेमा योजना बनाउने प्रारम्भिक कार्य अघि बढिरहेको बताउँदै कोषका सदस्य सचिव गजुरेलले त्यस क्षेत्रका सामुदायिक वनले जग्गा दिने सहमतिसमेत जनाइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् । सोमबार नारी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

काठमाडौं । प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले