युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बार्सीलोना विजयी

३ बैशाख २०७२, बिहीबार १०:१९ मा प्रकाशित

काठमाडौं, बैशाख ३ । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएका खेलहरुमा बार्सीलोना र एफसी पोर्टो विजयी भएका छन् ।
क्वाटरफाईनल पहिलो लेगको खेलमा स्पेनिस क्लव वार्सीलोनाले फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई उसैको मैदानमा ३-१ ले हरायो ।
वार्सीलोनाका लागि लुईससुवारेजले दुई तथा नेईमारले एक गोल गरे । वार्साकै जेरेमी म्याथ्युले एक आत्माघाति गोल गरेपछि पिएसजीले हार अन्तर कम गर्ने मौका पाएको हो ।
गएराती भएको अर्को खेलमा पोर्चुगलको एफ।सी पोर्टोले जर्मनीको बायर्न म्युनिखलाई ३-१ ले पराजित गर्यो ।
आफ्नै मैदानमा पोर्टोलाई विजयी गराउन रिकार्डो करिज्माले दुई तथा ज्याक्सन मार्टीनेजले एक गोल गरे ।
बायर्न म्युनिखका लागि थियागो अल्कान्ताराले एक सान्तोना गोल फर्काए ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गतका यसअघि सम्पन्न क्वाटरफाईनल खेलहरुमा इटालीको युभेन्टसले फ्रान्सको मोनाकोलाई १-० ले हराँउदा दुई स्पेनिश क्लवहरु एथ्लेटिको मड्रिड र रियाल मड्रिडले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा