कोरियाली भाषा परीक्षा इपिएस आवेदन खुल्ला

३ बैशाख २०७२, बिहीबार १०:१४ मा प्रकाशित

काठमाण्डौ बैशाख ३ । कोरियाली भाषा परीक्षा (ईपीएस) मा सहभागी हुन आज देखि आवेदन खुला भएको छ । देशभरका विभिन्न १० ठाउँबाट बिहान ८ देखि साँझ ५ बजेसम्म फाराम बुझाउन पाइने व्यवस्था गरिएको छ ।
आवेदन फाराम बुझाउने म्याद वैशाख ६ गतेसम्म छ । आगामी जेठ ३० र ३१ गते सञ्चालन हुने ईपीएस भाषा परीक्षामा सामेल हुन चाहनेका लागि आवेदन खुला गरिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ ।
यसपटक काठमाडौं उपत्यकामा पाँच र बाहिर पाँच गरी कुल १० स्थानबाट आवेदन दिन पाइनेछ। गत वर्ष जम्मा सात ठाउँबाट आवेदन दिने व्यवस्था थियो।
ईपीएस कोरिया शाखाका अनुसार काठमाडौं उपत्यकामा नेपाल वेद विद्या संस्कृत मावि गौशाला, काठमाडौं भ्याली उच्च मावि महाराजगन्ज, ल्याबरोटरी उच्च माध्यमिक विद्यालय कीतिर्तुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो र च्यासल फुटबल खेल मैदान बालकुमारीबाट आवेदन फारम बुझाउन पाइन्छ ।
यसैगरी पुर्वमा धरान नगरपालिकाको धरान सभागृह र पोखरामा विन्ध्यावासिनी उच्च माविमा बाट आवेदन दिन सकिने ईपीएस शाखाका अधिकारीले बताएका छन्। ईपीएसले यसपालि पहिलोपटक उपत्यका बाहिर पोखरामा पनि भाषा परीक्षा सञ्चालन गर्दैछ । यो केन्द्रमा पोखराबाट आवेदन दिने सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने