पूर्व प्रधानमन्त्री थापाको निधन, पार्थिव शरीर आज नेपाल ल्याइने

३ बैशाख २०७२, बिहीबार १०:११ मा प्रकाशित

काठमाण्डौ बैशाख ३ । दिल्लीमा उपचारका क्रममा निधन भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीरलाई आज नेपाल ल्याइने भएको छ । राप्रपा सहायक प्रवक्ता किरण गिरीका अनुुसार थापाको पाथिर्व शरीर नेपाल ल्याएपछि मालीगाउँस्थित निवासमा राखिनेछ ।
त्यसपछि श्रद्धान्जलीका लागि खुल्लामञ्चमा राखिनेछ । यसबारे छलफल गर्न नेता पशुपति शमसेर राणाको निवासमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ । संविधानसभाका जेष्ठ सदस्य एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा निधन भएको हो ।
थापाको भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको हो ।
स्वास प्रस्वासमा समस्या भएपछि थापालाई भेन्टिलेटरमा राखिएको थियो । उनको उपचारकै क्रममा निधन भएको राप्रपाका सहायक प्रवक्ता दिपक वोहराले जानकारी दिनुभयो ।
थापाले गत चैत ५ गतेमात्र ८८ औं जन्म दिन मनाएका थिए । उनी चैत १६ गते उपचारका लागि दिल्ली गएका थिए । थापाले शुक्रबार मात्र आन्द्राको सफल सल्यक्रिया भएको थियो ।
डाक्टरहरूले १५ दिन अस्पतालमा बस्नु पर्ने बताएका थिए । तर, बुधबार साँझ स्वासप्रवासमा समस्या बढेपछि भेन्टिलेटरमा राखिएको थियो ।
धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री हुनुभएको थियो । २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए ।
पछिल्लो पटक उहाँ शाही कालमा प्रधानमन्त्री भएका थिए । थापाका छोरा सुनिल थापा बाणिज्यमन्त्री छन् । उनी बाबुलाई लिएर उपचारका लागि दिल्ली गएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई