राष्ट्रपतिद्धारा अर्थमन्त्रीलाई सहमतिमा मात्रै बजेट ल्याउन सचेत

३० जेष्ठ २०६९, मंगलवार १३:५३ मा प्रकाशित

काठमाडौ, ३० जेठ । राष्ट्रपति डा रामबरण यादवले दलहरुको सहमतिमा मात्रै अध्यादेशबाट बजेट ल्याउन सरकारको ध्यान आर्कषण गरेका छन् ।
अर्थमन्त्री वर्षामान पुन अनन्तसँगको भेटमा राष्ट्रपतिले संविधानसभा नरहदा प्रधानमन्त्री नै पदमुक्त भइसकेको स्मरण गराउँदै दलहरुको सहमतिको आधारमा समस्या र जटिलता फुकाउँदै अगाडि बढ्न सुझाएका थिए ।
राष्ट्रपतिले आफू संविधान अनुसार नै अगाडि बढ्ने स्पष्ट पार्दै संबैधानिक ब्यवस्था अनुसार सहमतिको राजनीति गर्न पनि सुझाव दिएका थिए ।
अर्थमन्त्री पुनले भने समयमै बजेट नल्याए मुलुकको अर्थतन्त्र धरासायी बन्ने भन्दै अध्यादेशबाट बजेट ल्याउनुको विकल्प सरकारसँग नभएको दावी गरेका थिए । उनले सरकारले सहमतिकोलागी प्रयास गरिरहेको जानकारी समेत राष्ट्रपतिलाई दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको