प्रचण्डले जनताको विश्वास गुमाएको यादवको आरोप

२ बैशाख २०७२, बुधबार १६:१८ मा प्रकाशित

काठमाण्डौ बैशाख २ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको विश्वासको आधार गुमाउदै गएको आरोप लगाउनु भएको छ ।
संसदीय दलहरुसंग मिलेर प्रचण्डले जनआन्दोलन र मधेस आन्दोलनलाई अलपत्र पारेको पनि अध्यक्ष यादवको आरोप छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले यस्तो आरोप लगाउनु भएको हो ।
यादवले ३० दलीय मोर्चाका संयोजक समेत रहनुभएको प्रचण्डले ३ दिने आमहड्ताल रोक्नु इतिहासकै ठूलो भूल भएको बताउनु भयो । उक्त भुल सच्याउनुपर्ने पनि यादवको भनाई छ ।
यादवले बार्ताबाट आफूहरुको सवाल समाधान नहुने भएकाले नेै आन्दोलन गर्नुपरेको र त्यही आन्दोलन रोक्नु प्रचण्डको दोधारे चरित्र भएको स्पष्ट भएको बताउनुभयो ।
प्रचण्डले मधेसी र जनजातीलाई प्रयोग गर्न खोजको भन्दे आफुसंग भएको नौ बुँदे प्रस्ताव त्यागेर संविधान बनाउन खोजे मधेसी र जनजातीको छुट्टै मोर्चा बनाएर आन्दोलनमा जाने चेतावनी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न