अखिलद्वारा शिक्षा कार्यालयमा धर्ना

२ बैशाख २०७२, बुधबार १६:१५ मा प्रकाशित

काठमाण्डौ बैशाख २ । जिल्ला शिक्षा कार्यालयले संस्थागत रुपमा विद्यालयलाई शुल्कवृद्धिको अनुमति दिएको भन्दै नेकपा–माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी) ले आज जिल्ला शिक्षा कार्यालय काठमाडौँमा धर्ना दिएको छ ।
नयाँ शैक्षिकसत्रका लागि विभिन्न जिल्ला शिक्षा कार्यालयको अनुमतिमा २२ देखि ४४ प्रतिशतसम्म शुल्कवृद्धि गरेको पाइएको सङ्गठनका महासचिव रत्न ढकालले बताउनुभयो ।
शुल्कवृद्धिको विरोधमा संगठनले उपत्यकाका लिटिल एञ्जेल्स, पाठशाला, चेल्सी, भिएस निकेतन, सूर्योदय, तक्षशीला, रेडन, युनाइटेड, युलेन्स, ग्यालेक्सीलगायतका ७० विद्यालयमा तालाबन्दी गरेको छ ।
यसैगरी नवलपरासी, कैलाली, कञ्चनपुर, दाङलगायतका जिल्लाका विभिन्न विद्यालयमा समेत तालाबन्दी गरिएको छ ।
अनुगमन तथा निरीक्षण नगरी निजी शैक्षिक संस्थाको दबाब र प्रभावमा शुल्कवृद्धिको निर्णय गरिएको भन्दै धर्ना तथा विद्यालयमा तालाबन्दीजस्ता विरोधका कार्यक्रम गरिएको ढकालले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो