प्लाष्टिक झोलाको अनुमन आजदेखि, व्यवसायीहरु विरोधमा

२ बैशाख २०७२, बुधबार १०:३९ मा प्रकाशित

काठमाण्डौ बैशाख २ ।सरकारले काठमाडौ उपत्यकामा प्लाष्टिक झोलामा लगाईएको प्रतिबन्ध कार्यान्वयन गर्न आजदेखि अनुगमन गर्दैछ ।
अनुगमनका लागि ६ वटा टोली गठन गरिएको वातावरण विभागका महानिर्देशक सुरोज पोखरेलले बताउनुभयो ।
सरकारले हिजो बैशाख १ देखि लागू हुने गरी उपत्यकामा ४० माईक्रोन भन्दा पातलो र २० बाई ३५ ईन्च साइज भन्दा कम भएका प्लाष्टिकमा प्रतिबन्ध लगाएको हो ।

अनुगमनका क्रममा विक्रेताले प्लाष्टिकका तोके भन्द कम माईक्रोनका प्लाष्टिकका झोला बेचेको पाइए तत्काल कराबाहि गरिने वातावरण विभागका महानिर्देशक सुरोज पोखरेलले बताउनुभयो ।
उहाँले उपभोक्ताले प्रयोग गरेको पाइए पहिलो चरणमा सम्झाई बुझाई गरिने र त्यसपछि मात्र कारबाहि थाल्ने बताउनुभयो । वातावरण संरक्षणका लागि भन्दै सरकारले काठमाण्डू, ललितपुर र भक्तपुर जिल्लामा प्लाष्टिकका झोलाको आयात, बिक्रि, भण्डारण तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

प्लाष्टिकजन्य फोहोर जलाउँदा निष्काशन हुने विषाक्त ग्यासले क्यान्सर ग्ने, ,माटोको उर्वराशक्ति घटाउने, नाला तथा ढललाई जाम गरी मानव स्वास्थ्यमा प्रतिकुल असर पार्नुका साथै शहरी सौन्दर्यता पनि घटाउने भन्दै यसकोे कारोबारमा प्रतिबन्ध लगाएको हो ।

सरकारले प्लाष्टिकको झोलाको साटो नेपालमै उत्पादन हुने कच्चा पदार्थ जुट, अल्लो, सुतीका कपडा तथा कागज जस्ता वस्तुबाट बनेका वातावरण मैत्री झोला बोक्न आग्रह गरेको छ ।
नियम विपरित प्लाष्टिकका झोला प्रयोग गरे कसुर हेरी ५० हजार रुपैयाँसम्म जरिवाना हुने सरकारले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा