नयाँ शैक्षिक सत्र आजदेखि सुरु, पाठ्यपुस्तक छैन

२ बैशाख २०७२, बुधबार १०:३६ मा प्रकाशित

काठमाण्डौ बैशाख २ । सरकारले यो वर्ष विद्यालय बाहिर रहेका १ लाख ३३ हजार बालबालिकालाई भर्ना अभियानमा सामेल गराउने तयारी गरेको छ । विद्यालय बाहिर रहेका ५ देखि ९ वर्ष उमेर समूहका १ लाख ३३ हजार बालबालिकालाई विद्यालयभित्र पु¥याउने योजनामा सरकार रहेको हो ।
यसपाली हिंसा, यौन दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाऔं, सबै बालबालिकालाई विद्यालय पठाऔं भन्ने नारा पनि तय गरिएको छ ।
शिक्षा विभागका महानिर्देशक डिल्लीराम रिमालले विद्यालयमा हुने हिंसा, यौन दुव्र्यवहार र विभेद हुने गरेकाले यो प्रवृत्तिलाई निरुत्साहित गर्न यो नारा तय गरिएको बताउनुभयो ।
यस्तै मुलुकभर आज देखि नयाँ शैक्षिक सत्र सुरु भएपनि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसक्नुपर्नेमा अझै १३ लाख किताब छाप्नै बाँकी छ ।
जनकशिक्षा सामाग्री केन्द्र र निजी प्रकाशनले समयमै छपाइ गरी जिल्लाजिल्लामा आवश्यक संख्यामा पुस्तक र्पुयाउन नसक्दा यसपल्ट पनि पुस्तक अभाव हुने भएको छ । पोखरामा पुगेको पुस्तक विकेको छेन भने दुर्गम जिल्लामा पनि पुस्तक पुगेको छैन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न