जाजरकोटमा महामारी फैलियो, सरकारी उदासिनताप्रति गुनासो

२ बैशाख २०७२, बुधबार १०:३२ मा प्रकाशित

काठमाण्डौ बैशाख २ । जाजरकोटमा फैलिएको रोगका कारण थप एक जनाको ज्यान गएको छ । जाजरकोट टाले गाविस ७ का ५८ वर्षिय दलबहादुर शाहीको आज विहान ज्यान गएको हो ।
यो सँगै प्रकोपका कारण जाजरकोटमा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । रोग फैलिँदा ज्यान गुमाउनेको संख्या बढ्दै गए पनि सरकारी क्षेत्रबाट रोग नियन्त्रणका लागि प्रभावकारी कदम नचालिएको जाजरकोटका बासिन्दाले गुनासो गरेका छन् ।
प्रकोप प्रभावित क्षेत्र दुर्गम भएकाले समयमा नै डाक्टर र औषधी पु¥याउन कठिनाई भएको ईमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । प्रकोप प्रभावित क्षेत्रमा अहिले औषधी र स्वास्थ्यकर्मीको अभाव भएपछि खुलाचौरमा नै उपचार थालिएको छ ।
जाजरकोटमा स्वाइन फ्लुको समेत संक्रमण देखिएपछि जनजीवन झनै त्रसित बनेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको १२ जनाको नमूना परीक्षणमा ३ जनामा स्वाइन फ्लु भेटिएको थियो । जरकोटमा यस्तै विरामीको उपचारमा संलग्न एक जना स्वास्थ्यकर्मी नै विरामी परेका छन् । रोगको प्रकोप फैलिएदेखि नै उपचारमा खटिएका पैंक स्वास्थ्यचौकीका अहेव रामकृष्ण गिरी थला पर्नु भएको हो ।
पैंकमा डाक्टर दीपक पुनको नेतृत्वमा विरामीको उपचार भैरहेको छ । पैंक, अर्छानी, पजारु, नायकबाडा, सक्ला, ढीमेलगायतका गाविसमा फैलिएको रोगको प्रकोप अहिले टाले गाविसमा पनि फैलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई