राष्ट्रपतिद्धारा अध्यादेशबाट बजेट ल्याउने नल्याउने विषयको छलफललाई तिब्रता

३० जेष्ठ २०६९, मंगलवार ११:४८ मा प्रकाशित

काठमाडौ, ३० जेठ । अध्यादेश मार्फत सरकारले ल्याउन लागेको बजेटका विषयमा राष्ट्रपति डाक्टर रामबरण यादवले चासो ब्यक्त गर्नु भएको छ । उहाँले यस विषयमा आज विहान अर्थविद्धहरुसँग छलफल गर्नु भएको छ । सो अवसरमा राष्ट्रपतिले मुलुकमा बजेट ल्याउँदा र नल्याउँदाको असर, बजेट ल्याउने अवस्था लगायतका विषयमा चासो राख्नु भएको थियो । सरकारले अध्यादेशमार्फत बजेट ल्याउन तयारी गरेपछि काग्रेस र एमाले गठबन्धनले भने त्यसलाई रोक्न आग्रह गर्दै आएको छ । त्यसपछि राष्ट्रपतिले छलफल थाल्नु भएको हो । यसैवीच सरकारले ल्याउन लागेको बजेटका विषयमा अर्थमन्त्री बर्षमान पुन अनन्तसँग राष्ट्रपति यादवले जानकारी लिदै हुनुहुन्छ । अहिले केहीबेरमा हुने छलफलमा मन्त्री पुनसँग विपक्षीहरुले उठाएको माग अर्थविद्हरुसँगको छलफलका आधारमा राष्ट्रपतिले सुझाव दिने र जानकारी लिने राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि राष्ट्रपति यादवले संसद नभएको अवस्थामा सरकारले ल्याउने बजेट बारे परामर्श गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव