इङ्गलिस प्रिमियर लिगमा लिभरपुल विजयी

१ बैशाख २०७२, मंगलवार १५:३५ मा प्रकाशित

काठमाडौं, बैशाख १ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ ।
घरेलु मैदान एन्फील्डमा भएको खेलमा न्युकासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले शीर्ष चारभित्र स्थान बनाउँदै च्याम्पियन्स लिग खेल्ने आशा जिवित राखेको हो ।
लिभरपुललाईविजयी गराउन राहिम स्टर्लिङ र जोइ एलेनले १–१ गोल गरे । खेलको ८३ औ मिनेटमा न्युकासलका मौस्सा सिस्साको रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि न्युकासल दश खेलाडीमा सिमित बनेको थियो ।
जितसँगै ३२ खेलबाट ५७ अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको पाँचौ स्थानमा उक्लेको छ भने पराजित भएको न्युकासल अङ्क तालिकाकोे १३ औ स्थानमा छ ।
अङ्क तालिकामा ३१ खेलबाट ७३ अङ्क जोडेको चेल्सी शिर्ष स्थानमा छ भने ३२ खेलबाट ६६ अङ्क जोडेको आर्सनल दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी