अज्ञात रोगबाट मर्नेको संख्या १६ पुग्यो, सरकारी प्रयास फितलो

१ बैशाख २०७२, मंगलवार १५:३० मा प्रकाशित

काठमाण्डौ बैशाख १ । जाजरकोटमा फैलिएको अज्ञात रोगले थप चार जनाको मृत्यु भएको छ । यसअघि पहिचान नभएको सोही रोगले १२ जना को मृत्यु भइसकेको छ । यससँगै मृत्यु हुनेको संख्या अहिलेसम्म १६ पुगेको छ ।
गएराती मृत्यु हुने ४ जनामा टालेगाउँ गाविस वडा नं ३ का ५० वर्षीया लक्ष्मी नेपाली, वडा नं ५ का ५५ वर्षीया धनकला दमाईं, वडा नं ६ का ५१ वर्षीय हस्ते कामी र वडा नं २ का ६१ वर्षीया महेश्वरा सिंह रहेको स्वास्थ्य चौकी टालेगाउँका प्रमुख प्रेमा लामाले जानकारी दिनुभयो ।
आज मात्रै १८० जना बिरामी उपचारका लागि अस्पताल ल्याइएको बताइएको छ ।
बिरामीको चापले गर्दा राख्ने ठाउँ नभएर उनीहरुलाई खुला चौरमा राखेर उपचार गरिरहेको प्रमुख लामाले बताउनु भयो ।
तीन दिन अघिमात्रै स्वास्थ्यमन्त्रीसहितको चिकित्सकको टोली रोग पहिचानका लागी जाजरकोट पुगेपनि रोग अझै पत्ता लाग्न सकेको छैन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ