सडक निर्माणमा खटेको सेनाको जिप दुर्घटना एक को मृत्यु ५ गम्भिर

३० जेष्ठ २०६९, मंगलवार ११:४१ मा प्रकाशित

रुकुम ३० जेठ । मंगलवार विहान नेपाली सेनाको जीप दूर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ५ जना  घाइते भएका छन् । घाइते मध्ये सेनाका जमदार कुमार भण्डारी सहीत ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । दि फेमस महिन्दादल गणको  साँख गाविसको घोरखानीमा रहेको नेपाली सेनाको बाटो काजको  अस्थायी क्याम्पवाट रुकुमकोट गाविस जाँदै गर्दा रुकुमकोट गाविस १ रानीकोटमा वा.१ ज.६३०६ नं.को जीप दूर्घटना भएको हो । दूर्घटनामा परि काभ्रे घर भएका नेपाली सेनाका  सिपाही आशाराम  तामांङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक निरञ्जन थापाले जानकारी दिए । गम्भीर घाइतेहरुमा  बाटो निर्माणको ठेकेदारका एकै घरका ३ जना र सेनाका ३ जना रहेका छन् । ठेकेदार शेर बहादुर थापा,उनका दाइ मोतिराम थापा नवराज थापा र धनसरी थापा रहेका छन । घाइतेहरुलाई थप उपचारका लागि  सेनाको हेलिकप्टर मार्फत  काठमाडौ लैजाने  तयारी भइरहेको छ । घाइतेहरुको अहिले रुकुमकोट स्वास्थ्य चौकीमा उपचार भईरहेको स्थानिय शिक्षक बलबहादुर शाहिले बताए । नेपाली सेना, प्रहरी र स्थानीय वासिन्दाको पहलमा उद्दार गरिएको छ । जीप दूर्घटनाको कारण थाहा हुन सकिरहेको छैन् । जीप सडकवाट अनियन्त्रित भई करिव २ सय मिटर तल खसेको बताइएको छ ।   तिन वर्ष अगाडीदेखी निर्माण थालिएको मुसिकोट–बुर्तिवाङ सडक खण्ड अन्र्तरगत निर्माण थालिएको उक्त सडक मध्य पहाडी लोकमार्ग अन्तरगत निर्माण थालिएपछी नेपाली सेनाले आफ्नो काम सम्पन्न गर्ने तयारी गर्दे थियो ।  बिहान बाटोमा बिग्रेको डोजर मर्मतको सामान लिएर जादै गरेको जीप दुर्घटना भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल