राष्ट्रिय वन्यजन्तु सप्ताह सुरु

१ बैशाख २०७२, मंगलवार ११:५४ मा प्रकाशित

काठमाण्डौ बैशाख १ ।संरक्षणमूलक कार्यक्रमसहित चितवनमा आजदेखि ‘हाम्रो भविष्यका लागि वन्यजन्तु’ भन्ने नाराका साथ २०औँ राष्ट्रिय वन्यजन्तु सप्ताह सुरु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, नेपाली सेना र सौराहाका पर्यटन व्यवसायी तथा संरक्षणकर्मीको संयुक्त आयोजनामा चितवनमा साताव्यापी कार्यक्रमको घोषणा गरिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिनुभयो ।
घोषित कार्यक्रममा संरक्षित क्षेत्रको सरसफाइ, लोकगीत प्रतियोगिता, संरक्षणसम्बन्धी अन्तरक्रिया तथा विभिन्न चेतनामूलक कार्यक्रम, सरसफाइ, चराको अवलोकन तथा अग्नि नियन्त्रणसम्बन्धीका कार्यक्रम रहेको कार्यक्रम संयोजक सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले बताउनुभयो ।
संरक्षणका लागि चेतनामूलक कार्यक्रम आयोजना गरेर यहाँ हरेक वर्ष बैशाख १ देखि ७ सम्म उक्त कार्यक्रम हुने गरेको छ । सप्ताहका अवसरमा आज औपचारिक कार्यक्रमको सुरुआतसँगै सरसफाइ र संरक्षण गीत प्रस्तुत गरिने, वैशाख २ गते सरसफाइ तथा अन्तरक्रिया, ३ गते संरक्षणमूलक गोष्ठी तथा पक्षी अवलोकन, ४ गते अग्नि नियन्त्रणसम्बन्धी कार्यक्रम रहेका छन् ।
यस्तै वैशाख ५ गते जलचर संरक्षण कार्यक्रम, ७ गते चराको अवस्थाबारे छलफल तथा अवलोकन र वैशाख ७ गते पटिहानी सौराहा मार्गको उद्घाटनलगायत घडियाल छाड्ने कार्यक्रम रहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न