नयाँ बर्ष २०७२ को आगमनसँगै देशभर खुशीयाली बाडिँदै

१ बैशाख २०७२, मंगलवार ११:४९ मा प्रकाशित

काठमाण्डौ बैशाख १ । विक्रम संवत २०७१ लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७२ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिंदैछ । नयाँ बर्षकै अबसरमा राष्ट्रपति डा.रामवरण यादवले नेपालीको चाहना बमोजिम संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भई देशमा शान्ति, स्थिरता र समृद्धिको नयाँ युग सुरु हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री सुशील कोइरालाले सघीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ ।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकको आफ्नो अधिकार सहितको संविधान प्राप्त गर्ने चाहना पूरा होओस् भन्ने कामना गर्नुभएको छ ।
यस्तै एमाओबादी अध्यक्ष पुष्पकमल दाहादलले प्रतिबद्धता अनुरुप संविधान निर्माण गरी प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र मुलुकलाई आर्थिक विकासका बाटामा अगाडि बढाउने आधार आगामी २०७२ भित्र तयार गरिसक्नुपर्ने बताउनुभएकोे छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह