नायिका जेसिका खड्काद्धारा सलको पासो लगाएर आत्महत्या

३० जेष्ठ २०६९, मंगलवार ११:३२ मा प्रकाशित

काठमाडौ, ३० जेठ ।  नेपाली चलचित्रकी नायिका जेसिका खड्काले मंगलबार बिहान आत्महत्या गरेकी छन् । उनले बसन्तपुरस्थित आफ्नै कोठमा लगाउने सलमा पासो लगाएर आत्महत्या गरेकी हुन । २३ वर्षिया नायिका खड्काको शब अहिले पोष्टमार्टमकालागी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । नवल खड्काको सिनेमा आवाजबाट कलिउडमा प्रवेश गरेकी खड्काले लक्कि सेभेन लगायतका  आधा दर्जन जति नेपाली चलचित्रमा काम गरेकी छन् ।
पछिल्लो पटक जंगल क्वीन नामक फिल्ममा उनले अभिनय गरेकी थिइन । उक्त फिल्म असार ८ गते रिलिज हुदैछ । प्रहरीले नायिका खड्कासँग राति २ बजे मोबाइलमा कुरा गरेका चलचित्रकर्मी बालदिप राईलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
गायक प्रकाश ओझासँगको यौन कृयाकलापको भिडियो सार्वजनिक भएपछि बिबाद आएकी बास्तविक नाम ज्योति खड्का ले नाम परिवर्तन गरी चलचित्रमा प्रवेश गरेकी थिईन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।