३० चैत्र २०७१, सोमबार ११:०१ मा प्रकाशित

काठमाडौं, चैत्र ३० । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत गएरातीका खेलमा चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा रहेको चेल्सीले क्विन्स पार्क रेन्जर्स क्युपिआरलाई उसैको मैदानमा १(० ले हरायो । चेल्सीका लागि सेस्क फाब्रिगासले निर्णयक गोल गरे । गएरातीभएकोv अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले आफ्नै शहरको प्रतिद्धन्दी म्यान्चेस्टर सिटीलाई ४(२ ले हराएको छ । म्यानयुको मैदान ओल्ड ट्राफोर्डमा भएको म्यानचेस्टर डर्बीमा घरेलु टोलीका लागि आस्ले योङ, मराउने फेलाइनी, हुँवा माटा र क्रिश स्मलिङले एक एक गोल गरे । पराजित टोली म्यान्चेस्टर सिटीका लागि दुबै गोल सर्जीयो अगुएरोले गरे । गएरातीका खेलहरुपछि इङ्गलिस प्रिमियर लिगको अंक तालिकामा चेल्सीको अग्रता फराकिलो भएको छ । ३१ खेलबाट चेल्सीको ७३ अंक भएको छ भने एक खेल बढी खेलेको आर्सनल ६६ अंकको साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ६५ अंक छ भने ६१ अंकको साथ म्यानचेस्टर सिटी चौथो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ