झापामा डाकाको आक्रमणमा १ जनाको मृत्यु

३० चैत्र २०७१, सोमबार १०:५३ मा प्रकाशित

काठमाण्डौ चैत्र ३० । दक्षिण झापाको पृथ्वीनगरमा मध्यरातमा डाकाको आक्रमणमा परेर एक जना स्थानीयबासीको मृत्यु भएको छ ।
हिजो राति पौने एक बजे २० जनाभन्दा बढीको संख्यामा आएको डाका समूहले गोली प्रहार गर्दा पृथ्वीनगर ८ निवासी ५० वर्षीय देवकुमार श्रेष्ठको मृत्यु भएको हो ।

पूर्व प्रहरी हवल्दार श्रेष्ठको घरमा प्रवेश गरेको डाका समूहले उनलाई गोली हानेपछि लुटपाट गरेको थियो ।
उनका परिवारका अन्य सदस्यमाथि पनि कुटपिट भएको जिल्ला प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीका प्रवक्ता डिएसपी विश्वमणि पोखरेलका अनुसार किराना पसल चलाउँदै आएका श्रेष्ठको घरबाट १ लाख ८० हजार नगद र १० तोला सुन लुटेका छन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति