आजपनि संविधान सभाको बैठक स्थगित हुने

३० चैत्र २०७१, सोमबार १०:५० मा प्रकाशित

काठमाण्डौ चैत्र ३० । संविधानसभाको आजका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको छ । पूर्वमन्त्री एवम् पुर्वसांसद् सलिम मियाँ अन्सारीको सम्मानमा शोक प्रस्ताव मात्रै बैठकमा पेस गरिने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जानकारी दिनुभयो । पूर्वमन्त्री मियाँको अििस्त शनिबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो । पूर्वमन्त्री एवम् सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने भएकाले आजको बैठकमा अरू कुनै पनि कार्यसूची नरहेको सभाध्यक्ष नेम्वाङको भनाइ छ । यसअघि यही चैत २३ गते बसेको बैठकसमेत पूर्वसांसद रामनाथ ढकालको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै स्थगित भएको थियो । पछिल्लो दिनमा संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरूबीच अनौपचारिक छलफल जारी रहेको अवस्थामा केही दिन अझै आवश्यक रहेको बताइरहेको सन्दर्भमा थप पाँच दिन उपलब्ध गराइने भएको छ । तर सो विषयमा भने कुनै पनि औपचारिक जानकारी दिइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो