भक्तपुरमा विस्केट जात्रा सुरु भयो

३० चैत्र २०७१, सोमबार १०:४७ मा प्रकाशित

भक्तपुर चैत्र ३० । प्रत्येक वर्ष चैत मसान्तका दिन भक्तपुरको कुमाले टोलमा उठाइने हात नभएको लिंगो आज बिहानै विधिपूर्वक पूजा गरी उठाइएको छ ।
विस्केट जात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन बिहान उठाइएको हात नभएको लिंगो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ ।
कुमाले टोलमा बिहान लिंगो उठाएपछि दिउँसो भैरब र भद्रकालीको पूुजा गरी रथलाई भेलुखेल लैजाने परम्परा छ ।
भुलुखेलमा रथ पुगेपछि बेलुबा हात सहितको नागनागिनीको प्रतिक रहेकोे तान्त्रिक विधिद्धारा तयार पारिएको ईन्द्रध्वजा सहितको ५५ हात लामो लिंगो उठाइन्छ । यसलाई विश्वप्रसिद्ध लिंगो जात्रा भन्ने गरिन्छ ।

यो लिंंगो भने वैशाख १ गते दिनभर जात्रा गरेर बेलुका विधिपूर्वक ढाल्ने गरिन्छ । भक्तपुरको प्रसिद्घ विस्केटको लिंगो जात्रा हेर्नाले सुख, समृद्घि बढ्ने सहकाल आउनाका साथै शत्रु नाश हुन्छन् भन्ने धामिर्म मान्यता रहेकाले यो जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ ।
मन्दिर अगाडि लिंगो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिने जिब्रो छेड्ने जुजुभाई बाँस श्रेष्ठले बताउनुभयो । वैशाख २ गते जिब्रो छेड्ने परम्परा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन