बागलुङ १ को उपनिर्वाचनमा कांग्रेसको जित

२९ चैत्र २०७१, आईतवार १७:२४ मा प्रकाशित

काठमाण्डौ चैत्र २९ । बागलुङ क्षेत्र नं। १ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार चम्पादेवी खड्काले १७ हजार एकसय ५४ मत प्राप्त गर्नुभयो । एमाले उम्मेदवार मनकुमारी केसीले १५ हजार ६८ मत ल्याउनुभएको छ ।
कांग्रेस र एमाले बाहेक अरु उम्मेदवारको जमानत जफत भएको छ । एकीकृत नेकपा माओवादीका कृष्ण केसीले जम्मा २ हजार ५० मत मात्र ल्याउनुभएको छ । उहाँ सहित ११ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । उपनिर्वाचनमा १३ जना उम्मेवदार प्रतिष्पर्धामा थिए ।
बागलुङ १ मा यसअघि पनि कांग्रेसले नै जितेको थियो । २०७० सालको संविधानसभा चुनावमा विजयी भएका सभासद हरिबहादुर खड्काको दुर्घटना परी ज्यान गएपछि उपनिर्वाचन भएको हो । अहिले विजयी हुनुभएका चम्पादेवी खड्का स्वर्गीय सभासद हरिबहादु खड्काकी धर्मपत्नी हुनुहुन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन