नेपालको राजनीतिक र संबैधानिक संकटप्रति अमेरिकाको चिन्ता

३० जेष्ठ २०६९, मंगलवार ११:२६ मा प्रकाशित

काठमाडौ, ३० जेठ । नेपालबाट विदा लिने तयारीमा रहेका अमेरिकी राजदुत स्कट डेलिसिले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटवार्तामा मुलुकमा राजनीति र संबैधानिक संकट जटिल बन्दै जाँद समेत दलहरुवीच सहमतिको ठोस प्रयास हुन नसकेको प्रति चिन्ता प्रकट गरेका थिए । उनले दलहरुवीच सहमति नबन्दा नेपालको सक्रमण झन जटिल बन्दै जाने र निर्वाचनको सम्भावनाको विषयमा पनि प्रचण्डको ध्यान आर्कषित गरेका थिए ।  १ गतेकोलागी माओवादीले आब्हान गरेको प्रर्दशन हिंसात्मक वा प्रतिकारात्मक हुने आशंका समेत उनले ब्यक्त गरेका थिए । प्रत्युत्तरमा आफू सहमतिको प्रयासमा लागेको भन्दै छिट्टै मुलुकले सहमतिमा निकास पाउने प्रतिबद्धता जनाएका थिए । उनले असार १ गतेको प्रर्दशन सहमतिकै लागी जनतालाई माओवादीले आफ्नो धारणा प्रष्ट पार्ने उद्देश्यले गरिएको भन्दै त्यसलाई काग्रेस र एमाले गठबन्धको विरोधी नहुने समेत बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।