प्रिमियर लिगमा आर्सनलद्वारा बर्न्ले १–०ले पराजित

२९ चैत्र २०७१, आईतवार १०:३१ मा प्रकाशित

काठमाडौं, चैत्र २९ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा आर्सनलले बर्न्लेलाई १-० ले हराएको छ ।
बर्न्लेको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन आयरन राम्सेले १२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जितसँगै आर्सनलले अंक तालिकामा शिर्ष स्थानको चेल्सीसँगको दुरीलाई ४ अंकमा झारेको छ ।
३० खेलबाट चेल्सीको ७० अंक छ भने दुई खेल बढी खेलेको आर्सनल ६६ अंकका साथ दोस्रो स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गतका अन्य खेलहरुमा साउथह्याम्पटनले हल सिटीलाई २-० ले, एस्टन भिल्लाले टोटनह्याम हट्सपरलाई १-० ले, क्रिष्टल प्यालेसले सण्डरल्याण्डलाई ४-१ ले तथा लेष्टर सिटीले वेष्ट ब्रोमलाई ३-२ ले हराएका छन् ।
स्वान्सी सिटी र एभर्टन तथा स्टोक सिटी र वेष्ट ह्याम युनाईटेडले १-१ गोलको बराबरी खेलेका छन् । लिग अन्तर्गत आज वेलुकी म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी तथा चेल्सी र क्विन्स पार्क रेन्जर्सविच खेल हुनेछ

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले