काँग्रेस एमाले बैठक बस्दै

२९ चैत्र २०७१, आईतवार १०:१९ मा प्रकाशित

काठमाण्डौ चैत्र २९ । संघीयतासम्बन्धी विवादमा मुख्य पार्टीका शीर्ष नेता रहने राजनीतिक आयोग बनाउने विषयमा छलफल तीव्र पारे सत्तारुढ दल कागे्रस र एमालेको बैठक बस्दै छ ।
दिउँसो प्रधानमन्त्रि सुशिल कोईरालाको सरकारी निवास बालुजाटार बस्ने बैठकमा संविधानसभाको बैठक अझै केही दिन पर सारेर आयोग घोषणा गर्ने विषयमा छलफल हुने छ ।
आयोग गठन गरेर यसलाई सभाबाटै अनुमोदन गराएर विवादित पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरबारे सर्वसम्मत समाधान खोजिने एमाले नेता भिम रावलले जानकारी दिनुभयो ।
हिजो साँझ काँग्रेस एमाले र एमाओबादीबीच भएको छलफलमा आयोग गठन सबैका लागि यो ’फेस सेभिङ’ को एउटा माध्यम बन्ने निष्कर्ष निस्किएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा