बालश्रमविरुद्वको अन्तराष्ट्रिय दिवस

३० जेष्ठ २०६९, मंगलवार १०:२४ मा प्रकाशित

काठमाडौ, ३० जेठ । आज  जुन १२, अर्थात बालश्रमविरुद्वको अन्तरराष्ट्रिय दिवस, नेपाल लगायत विश्वभर बिभिन्न कार्यक्रम गरेर मनाइदैछ । महिला तथा बालबालिकाको क्षत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाले बालश्रमविरुद्वको दिवसको अवसर पारेर बिभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् । नेपालमा भने १ लाख २७ हजार बालबालिका निकृष्ट प्रकारको बालश्रममा लागेको बिभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययनहरुले देखाएका छन् । बढ्दो गरिबी, अशिक्षा र फितलो काननी व्यवस्थाका कारण पनि बालश्रममा कमि आउन नसकेको बताइएको छ । श्रममा आबद्व बालबालिकामध्ये १२ प्रतिशत बालबालिकाले आफ्नो गाउँघर तथा परिवारबाट टाढा भएर काम गरिरहेको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार श्रममा संलग्न बालबालिकामध्ये ५ देखि ९ वर्ष उमेर समूहका २४ दशम्लव ७ प्रतिशत, १० देखि १४ वर्षका ५१ दशम्लव ३ र १५ देखि १७ वर्ष उमेर समूहका २४ प्रतिशत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको