न्यूयोर्कमा बसेर ऐतिहासिक गाउँको पर्यटन प्रवद्र्धनमा सक्रिय श्रेष्ठ

२९ चैत्र २०७१, आईतवार ०४:१८ मा प्रकाशित

न्यूयोर्क । काठमाडौको गोकणेश्वरका स्थानीय बासिन्दा मंगलदास श्रेष्ठ अमेरिकामा बस्न थालेको आठ वर्ष भयो। सुरुमा नेपालमै विभिन्न व्यापार व्यवसाय गर्दै आएका उनी विभिन्न सम्भावना खोज्दै अमेरिका पुगे।

हाल उनी सबै परिवारसहित अमेरिका बस्दै आएका छन्। तर उनले प्राचिन सभ्यता बोकेको आफ्नो गाउँमा पर्यटन प्रबद्र्धनका लागि अमेरिकाबाटै पहल गरिरहेका छन्। नेपाल बस्दा युवा क्लब मार्फत विभिन्न सामाजिक कार्य तथा गाउँको विकासमा सक्रिय रहँदै आएका उनी अमेरिका पुगेपछि आफ्नो गाउँको विकास र त्यहाँको सम्भावना खोजीमा झनै सक्रिय हुन थाले।

मल्लकालिन तथा लिच्छिविकालिन इतिहास बोकेका कयौँ मठमन्दिर तथा ऐतिहासिक स्थलहरु रहेको आफ्नो गाउँको ठूलो सम्भावना रहेको बुझेपछि उनले त्यस क्षेत्रको प्रचार प्रसार तथा विकासका लागि स्थानीय रुपमा रहेका क्लब तथा युवाहरुसँगको सहकार्यमा गाउँलाई गाउँलाई पर्यटन क्षेत्रको नयाँ गन्तव्यका रुपमा विकास गर्न लागि परेका छन्।

राजधानीको नजिकै रहेर पनि छायाँमा परेको त्यस क्षेत्रमा धार्मिक तथा सास्कृतिक पर्यटनको ठूलो सम्भावना रहेको भन्दै उनले त्यसका लागि अमेरिकाबाटै आर्थिक सहयोग जुटाउँदै आएका छन्। हाल केही दिनको नेपाल आएका उनी आफु बसुन्जेल गाउँका युवाहरुलाई परिचालन गर्दै स्थानीय रुपमा रहेका ऐतिहासिक क्षेत्रको संरक्षण र प्रचार प्रसारमा लागेका छन्।

आफ्नो गाउँमा मल्लकालिन तथा लिच्छिविकालिन इतिहास बोकेका विभिन्न देवी देवताका मठ मन्दिरहरु रहेपनि प्रचार प्रसारको अभावमा त्यस्ता ऐतिहासिक क्षेत्रहरु छायाँमा परेको श्रेष्ठ बताउँछन्। करिब चार सय रोपनी क्षेत्रफलमा रहेको गोकणेश्वर देश गरेको त्यस गाउँमा एकातर्फ ऐतिहासिक महत्वका स्थलहरु रहेको र अर्को तर्फ करिब एक हजार भन्दा बढी नेवार बस्ती रहेको त्यस क्षेत्रमा नेवारी सस्कृतिको प्रवद्र्धन गर्न सकेपनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिने श्रेष्ठ बताउँछन्।

त्यसका लागि गाउँमा होमस्टे, भ्युटावर तथा राम्रो किसमको होटलहरु सञ्चालनका लागि पनि तयारी भइरहेको उनले जानकारी दिए। श्रेष्ठले गोकणेश्वर देश राजधानीमा रहेर पनि बत्तीमुनिको अध्यारो जस्तै भएको बताए। पुनारो इतिहास बोकेको उक्त गाउँमा सरकारी निकायले चाँसो नदेखाउँदा पछि परेको बताए।

गोकणेश्वर गाविसममा चर्चित धार्मिक स्थल उत्तरगंगा लगाएतका महत्वपूर्ण स्थानहरु समेत रहेकाले पनि उक्त क्षेत्र पर्यटकिय दृष्टिकोणले निकै महत्वपूर्ण रहेकाले पर्यटन प्रवद्र्धनका लागि स्थानीय रुपमा पनि पहल भइरहेको र आफु अमेरिकामा बसेपनि त्यसका लागि आर्थिक लगाएतका सहयोगहरु गरिरहेको उनले बताए। संभावन बोकेको सो गाउँलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने र स्थानीय रुपमा रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य राखिएको श्रेष्ठले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष

न्यूयोर्क । कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गरेको छ । अमेरिकी नियामक निकाय एफडीएले खोपलाई सर्वासाधारणको

लस-एन्जलस । दक्षिण क्यालिफोर्नियालाई कर्मथलो बनाएर अमेरिकामा रहेको नेपाली समुदायको हितमा निरन्तर क्रियाशील अगुवा नेपाली अमेरिकन ज्ञानेन्द्र गुरुंगले गैर आवाशीय

डेन्भर । संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन्