पारसलाई ‘डिपोर्ट’ गरिएको खुलासा, नसुध्रिएसम्म निर्मलनिवासमा प्रवेश निषेध

२९ चैत्र २०७१, आईतवार ०४:०९ मा प्रकाशित

जयप्रकाश त्रिपाठी, काठमाडौं, २९ चैत्र । पूर्वयुवराज पारस स्वेच्छाले स्वदेश फर्किएको नभई उनलाई थाई अध्यागमनले डिपोर्ट (देशनिकाला) गरेको समाचार प्राप्त भएको छ । पारसको निकटवर्ती सूत्रले जनाएअनुसार तोकिएको धरौटी रकम जम्मा गरेपछि थाई अदालतले उनलाई एक वर्ष पुनस्र्थापना केन्द्रमा रही उपचार गराउनका लागि काराबासमुक्त गर्न आदेश दिएको थियो । पुनस्र्थापना केन्द्रमा भर्ना हुनका लागि विदेशी नागरिकको भिसा (प्रवेशाज्ञा) हुनुपर्ने व्यवस्था भएकोले पारसको पासपोर्टमा भिसाको म्याद थप्ने प्रक्रिया सुरु गर्न प्रहरीले उनलाई थाई अध्यागमन विभागमा लिएर गएको, तर अध्यागमन विभागले धेरै अघि नै सकिएको भिसाको म्याद थप गर्न नचाहेको र पारसलाई ‘डिपोर्ट’ गर्ने निर्णय गरेको थियो । थाई अध्यागमनले देश निकाला गर्ने निर्णय गरेलगत्तै उनलाई विमान चढाएर नेपाल पठाइएको थियो । यसरी पारसको नेपाल ‘आगमन’ भएपछि थाई अदालतको आदेश के हुने भन्ने गम्भीर कानुनी प्रश्न खडा भएको छ । उनी एक वर्ष थाइल्यान्डको पुनस्र्थापना केन्द्रमा उपचार गर्न नगए थाई अदालतको निर्णय अवज्ञा गरेको ठहर हुनेछ र अदालतको आदेश अवज्ञा गरेको कसुरमा थप दण्डको भागी हुनेछन् । पुनस्र्थापना केन्द्रमा जानका लागि पारसलाई थाई सरकारले भिसा दिने–नदिने अनिश्चित छ ।
यसरी बाध्यतापूर्वक नेपाल आइपुगेका पारसले निर्मलनिवासमा प्रवेश पाएका छैनन्, उनी कुण्डलिनी क्लबमा बसिरहेका छन् । पारसलाई निर्मलनिवासमा प्रवेशको अनुमति नभए पनि छोराछोरी तथा बहिनीहरूले भने क्लबमै गएर पारसलाई भेटेका छन् । पारसलाई भेट्न पिता–माता र पत्नी हिमानीले पनि चाहिनन् । एक वर्ष पुनस्र्थापना केन्द्रमा बसेर सुध्रिएपछि मात्र भेट्न सकिने सन्देश निर्मलनिवासबाट पारससमक्ष पठाइएको जानकारीमा आएको छ । एक सूत्रले जनाएअनुसार पारसका कारण पिता ज्ञानेन्द्र र माता कोमल ज्यादै दुःखी बनेको र नसुध्रिएको अवस्थामा उहाँहरूले छोराको मुखसमेत हेर्न नचाहनुभएकोले पारसलाई निर्मलनिवास प्रवेशमा कठिनाइ उत्पन्न भएको हो । त्यस्तै युवराज्ञी हिमानी पनि पारस नसुध्रिएको अवस्थामा सम्बन्ध सहज बनाउन अनिच्छुक रहेको बताइन्छ । एकातिर राजपरिवारको बदनाम गरेको पीडा त निर्मलनिवासले भोगिरहेकै छ, लागूपदार्थको कुलतमा फसेको र कुनै रहस्यमयी थाई युवतीसँग नाजायज सम्बन्ध बनाएका कारण युवराज्ञी हिमानीले थप पीडा सहनुपरेको छ । राजपरिवारका केही शुभचिन्तकहरूले पारसको रक्तपरीक्षण गरिनुपर्ने पनि बताइरहेका छन् । तर, हिमानीले भने एक वर्ष पुनस्र्थापना केन्द्रमा बसेर पूर्ण रूपमा सुध्रिए आपसी सम्बन्ध सहज ढङ्गले अघि बढ्ने सन्देश पारशलाई पठाउनुभएको बताइन्छ ।
लामो अन्तरालमा नेपाल आएका पारसलाई उनका शुभचिन्तक तथा केही नातेदार र साथीहरूले कुण्डलिनी क्लबमै गएर भेटेका छन् । पारस आफ्ना केही पुराना साथीहरूबाट घेरिएका छन् र उनले आफू अब सामान्य जीवनमा फर्कन चाहेको बताइरहेका छन् । गत सोमबार बिहान उनी साथीहरूका साथ केही मन्दिरमा देवी–देवताको दर्शनका लागि पुगेका थिए । तलेजु, गुह्येश्वरी, पशुपति, मखन महादेव, सङ्कटा र महांकालको दर्शन गर्न पुगेका पारसलाई देखेपछि मन्दिरका अन्य दर्शनार्थीहरूले उनलाई सहानुभूतिपूर्वक नियालेका (हेरेका) थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न