एमालेले असन्तुष्ट जानजाति नेताहरुसँग छलफल गर्दै

३० जेष्ठ २०६९, मंगलवार १०:१९ मा प्रकाशित

काठमाडौ, ३० जेठ । असन्तुष्ट जनजाती नेताहरुसँग छलफल गर्न नेकपा एमाल स्थायी समितिको बैठक आज बस्दैछ । दिउँसो पार्टी कार्यालयमा बस्ने बैठकमा जनजातीले उठाएका मुद्दा र त्यसको समाधानका विषयमा छलफल गर्ने एमालेले बताएको छ । छलफलका लागि हिजो बसेको स्थायी समितिले उपाध्यक्ष अशोक राई सहितका जनजाति र मधेसी नेतारुलाई औपचारीक निम्तो नै दिएको छ । जानजाति नेताहरुसँग आज बिहान ११ बजे पार्टी कार्यालय बल्खुमा छलफल हुने एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । पहिले जाजाति नेताहरुसँग छलफल भएपछि स्थायी समितिको बैठक बसेर थप निर्णय लिइनेछ । जनजाती नेताहरुले उठाएका मागका आधारमा राज्यपुनर्संचना सम्बन्धि निर्णय लिन आयोग गठन गर्ने विषयमा पनि एमाले पार्टीमा छलफल भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट