२७ चैत्र २०७१, शुक्रबार १४:३७ मा प्रकाशित

काठमाण्डौ चैत्र २७ । नयाँ वर्षको आगमनसँगै सुरु हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवम सांस्कृतिकरुपमा मनाइने लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ ।
भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने बिस्केट जात्रा आज बिहान ८ बजे कर्माचार्य पुजारीद्वारा भैरवको पूजा सुरु भएसँगै यस वर्षको जात्रा सुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिनुभयो ।
नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकाल्ऽीको रथ टौमढीबाट भक्तपुरको माथिल््लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पु¥याई फर्काउने प्रचल्ऽन छ ।
रथलाई तल््लो क्षेत्रमा गःहिटी पु¥याई पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा रहेको छ ।
भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तल्ऽेजुका नाइके नरेन्द्र जोशीका अनुसार तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पूजा सकेर रथ तान्न सुरु गरिन्छ ।
सौरमासको आधारमा मनाइने बिस्केट जात्रा बिःसीत अर्थात् नागनागिनी म¥यो भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाइँदै आएको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह