विपक्षी दलहरुले अध्यादेश प्रमाणिकरण नगर्न राष्ट्रपतिको ध्यानआकर्षण गराउने, राष्ट्रपति पनि छलफलमा

३० जेष्ठ २०६९, मंगलवार १०:१७ मा प्रकाशित

काठमाडौ, ३० जेठ । बजेटका लागि सरकारले ल्याउने अध्यादेश प्रमाणिकरण नगर्न विपक्षी दलहरुले आज राष्ट्रपतिको ध्यानआकर्षण गराउने भएका छन् । नेपाली काङ्ग्रेस र नेकपा एमाले लगायत विभिन्न दलको हिजो बसेको संयुक्त बैठकको निर्णय अनुसार आज अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष ज्ञापनपत्र दिन लागेका हुन् । सरकारले राष्ट्रपति समक्ष विभिन्न तीनवटा अध्यादेश जारी गर्न सिफारिस गरिसकेको छ । सरकार कामचलाउ भइसकेको सन्दर्भमा राष्ट्रिय सहमतिविना कुनै पनि अध्यादेशको सिफारिस गर्न नहुनेमा विपक्षी दलहरुको जोड रहेको छ । आज दिउँसो राष्ट्रपति निवासमा पुगेर ध्यानआकर्षण सहितको ज्ञापनपत्र बुझाइने राप्रपाका अध्यक्ष पशुपति समशेर जबराले जानकारी दिनुभयो । नेपाली काङ्ग्रेस र नेकपा एमाले सहितका विपक्षी दलहरुको बैठक आज पनि बस्ने छ । थप आन्दोलनका कार्यक्रम ल्याउने विषयमा छलफल गर्न साँझ ५ बजे बैठक बस्ने नेताहरुले बताएका छन् ।
यसैवीच संसद नभएको अवस्थामा सरकारले अध्यादेश मार्फत ल्याउने बजेटका विषयमा छलफल गर्न राष्ट्रपति डाक्टर रामबरण यादवले अर्थविद्हरुसँग छलफल गर्दैहुनुहुन्छ । अहिले बिहान छलफलका लागि एक दर्जन बढि अर्थविद्हरुलाई राष्ट्रपति कार्यालयमा बोलाइएको छ । विपक्षी दलहरुले अध्यादेश प्रमाणिकरण नगर्न गराएको ध्यानआकर्षण, सरकारले अध्यादेश बाट ल्याउन खाजेको बजेटका बीषयमा छलफल गर्ने र उचित निकासको बाटो खोज्ने बारेमा राष्ट्रपति यादवले सुझाव माग्ने उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले