एसएसपी खरेल फेरि विवादमा

२७ चैत्र २०७१, शुक्रबार १०:४९ मा प्रकाशित

काठमाण्डौ चैत्र २७ । एसएसपी रमेश खरेल प्रहरी जवान भर्ना प्रक्रियाको विवादमा तानिएका छन्। मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका प्रमुख रहेका खरेलले जवान भर्नाका लागि अन्तर्वार्ता लिँदा लोकसेवा आयोगको सामान्य सिद्धान्तभन्दा बाहिर गएर नम्बर दिएपछि विवादित बनेका हुन्।
भर्ना छनोट समितिका अध्यक्षसमेत रहेका खरेलले समितिका अन्य सदस्यलाई दबाबमा राखेर लोकसेवाको सिद्धान्तविपरीत बढी नम्बर दिएपछि जवानको अन्तर्वार्ता फेरि सञ्चालन हुने भएको छ।
लोकसेवाले भर्ना प्रक्रियाजस्तो गम्भीर विषयमा सिद्धान्तविपरीत गएर काम भएको भन्दै प्रहरी मुख्यालयलाई पत्र पठाएपछि अर्को अन्तर्वार्ताका लागि समय निर्धारण गरिएको हो।
मानव स्रोत विकास विभागअन्तर्गत भर्ना तथा छनोट शाखाले आगामी वैशाख २ गतेदेखि ७ गतेसम्म जवानका लागि अन्तर्वार्ता लिने समय तोकेको छ।
विभागका प्रमुख एआईजी रमेशशेखर बज्राचार्यले विशेष कारणवश अन्तर्वार्ता परीक्षा रद्द गरिएको बताए। तर विभागकै अर्का एक अधिकृतले भने लोकसेवाको सिद्धान्तविपरीत भएकाले रद्द गरिएको जानकारी दिए।
अन्तर्वार्ताको पूर्णांक २० मध्ये कम्तीमा ८ र अधिकतम १२ नम्बर दिनुपर्ने प्रावधान छ। तर अन्तर्वार्ता दिएका धेरै परीक्षार्थीलाई अधिकतम १२ नम्बरभन्दा बढी दिएको स्रोतले बतायो। स्रोतका अनुसार अन्तार्वार्तामा १७ नम्बरसम्म पाउने परीक्षार्थी पनि छन्।
आयोगको सिद्धान्तअनुसार १२ नम्बरभन्दा बढी दिनुपरेमा विशेष कारण खुलाएरमात्रै दिनुपर्छ। तर खरेल अध्यक्ष रहेको परीक्षा समितिले चित्तबुझ्दो कारण नखुलाई अधिकतम नम्बर दिएको छ। भरतपुर तालिम केन्द्रबाट जवानका लागि तीन सय ७० जनाभन्दा बढीले अन्तर्वार्ता दिएका थिए।
संगठनभित्र खरो स्वभावका मनिने खरेलले आफू मातहतका प्रहरी अधिकृतको बढुवामा पैसाको चलखेल भएको अभिव्यक्ति दिएर चर्चामा आएका थिए । उनले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीबाटसमेत हात धुनुपरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित