तालाबन्दीमा उत्रियोे अखिल क्रान्तिकारी

२७ चैत्र २०७१, शुक्रबार १०:३९ मा प्रकाशित

काठमाण्डौ चैत्र २७ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले भक्तपुरस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीमा तालाबन्दी गरेको छ ।
परिषद्ले हालै दिएको नर्सिङ र ल्याव कलेजको सम्बन्धन खारेजी र वृद्धि गरिएको शुल्क फिर्ताको माग गर्दै सो तालाबन्दी गरिएको केन्द्रीय समिति सचिव दिपेन्द्र चलाउने बताए । परिषदले यही चैत २३ गते उक्त कलेजहरुलाई सम्बन्धन दिएको थियो ।
परिषद्का उपाध्यक्ष गोपाल खनालले आफ्नो पदावधि सकी विदाई हुने दिनको बिहान सल्लाहाकार समितिको बैठक राखी उक्त सम्बन्ध दिएका थिए । उक्त सम्बन्धन मापदण्डबिना र व्यापक आर्थिक चलखेलमा भएकाले आफूहरुले तालाबन्दी गरेको चलाउनेले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्