आईपिएलको दोस्रो खेलमा चेन्नई सुपरकिंग्सको जित

२७ चैत्र २०७१, शुक्रबार १०:३४ मा प्रकाशित

काठमाण्डौ चैत्र २७ । इण्डियन प्रिमियर लिग क्रिकेट आईपिएलको दोस्रो खेलमा चेन्नई सुपरकिंग्सले रोमान्चक जित निकालेको छ ।
गए राती चेन्नईमा भएको खेलमा चेन्नई सुपरकिंग्सले दिल्ली डेयर डेभिलसलाई एक रनले हराएर रोमान्चक जित निकालेको हो ।
टस हारेर पहिले व्याटिङ गरेको चेन्नई सुपरकिंग्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो ।
तर १ सय ५१ रनको लक्ष्य पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि डिआर स्मिथले सार्वाधिक ३४ रन जोडे भने फाफ डु प्लेसिस्ले ३२ र क्याप्टेन महेन्द्र सिंह धोनीले ३० रन बनाए । आईपिएल क्रिकेटमा आज किंग्स इलेभेन पन्जाब र राजस्थान रोयलबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा