सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप गर्ने १६ जना पक्राउ

२७ चैत्र २०७१, शुक्रबार १०:३१ मा प्रकाशित

काठमाण्डौ चैत्र २७ । सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप प्रदर्शन गर्ने १६ जनालाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले सावर्जनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।
उनीहरूलाई रत्नपार्क तथा लैैनचौर क्षेत्रबाट बुधबार पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये दश महिला, दुई पुरुष र चार तेस्रो लिङ्गी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी परिसरका प्रवक्ता विश्वराज पोखरेलले साँझको समयमा सामाजिक मर्यादा र सर्वसाधारण नागरिकको प्रतिष्ठामा आँच पुग्ने किसिमका अश्लिल शब्द तथा यौनजन्य हर्कत प्रदर्शन गरेका कारण उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो ।
मौखिकरुपमा यस्ता क्रियाकलापविरुद्ध पटकपटक उजुरी आएको र सामाजिक सञ्जालमा समेत यसका बारेमा समाचार आउन थालेपछि आफूहरूले अनुसन्धान गरेको उहाले बताउनुभयो ।
अनुसन्धानका क्रममा उनीहरूलेलाई यौनजन्य अपिल गरिरहेको भेटिएको उहाँले बताउनुभयो

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन