काङ्ग्रेसको विवाद मिल्दै, देउवा पक्ष छलफलमा

३० जेष्ठ २०६९, मंगलवार १०:१४ मा प्रकाशित

काठमाडौ, ३० जेठ । पार्टीभित्रको लामो विवाद नेपाली काङ्ग्रेसले आज अन्त्य गर्ने भएको छ । भ्रातृसंस्थाको भागबण्डा  मिलेपछि दश महिनादेखि कायम विवाद आज अन्त्य हुने नेताहरुले बताएका छन् । काङ्ग्रेस सभापति सुशील कोइरालाको निर्णयमा असन्तुष्ट देउवा पक्षले आज भ्रातृसस्थाको कार्यसमितिमा पठाउने नाम पठाउने र त्यसलाई सभापतिले घोषणा गरेपछि एकीकृत बैठक बसेर विवाद मिलाउने देउवा पक्षका नेता डाक्टर प्रकाशरशरण महतले जानकारी दिनुभयो । सभापति कोइरालाले महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी र चन्द्र भण्डारीमार्फत पठाएको प्रस्तावमा देउवा पक्षले सकारात्मक भएको प्रतिक्रिया दिएको छ । नेविसंघमा १५ देखि २० सदस्य थप्ने, तरुण दल र महिला संघमा सभापतिलाई बहुमतमा राख्ने गरी सहमति गर्न लागिएको छ । संस्थापन पक्षको नेतृत्वमा रहेको नेवि संघको १ सय १ सदस्यीय कार्यसमितिमा  देउवा पक्षको २८ सदस्यमात्रै छन् । अहिले बिहान सस्थापन पक्षले पठाएको प्रस्तावलाई अन्तिम रुप दिन देउवा पक्षको बैठक बस्दैछ । बरिष्ठ नेता देउवा निवासमा बस्ने बैठकले कोइरालाले पठाएको प्रस्तावलाई छलफल गरेर आफ्नो तर्फबाट १० बजेसम्म नयाँ प्रस्ताव पठाउने र त्यो पारित भए दिउँसोको बैठकमा जाने महतले बताउनुभयो । काङ्ग्रेस केन्द्रीय समितिको बैठक दिउँसो १२ बजेपछि बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको