‘गणेशमान बलिदान अभियान’ आज समापन हुँदै

२७ चैत्र २०७१, शुक्रबार १०:२४ मा प्रकाशित

काठमाण्डौ चैत्र २७ । नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको जन्म शताव्दीको अवसरमा आयोजना गरिएको ‘गणेशमान बलिदान अभियान’ कार्यक्रमको समापन आज हुने भएको छ । दिउँसो १ बजे रत्नपार्क शान्तिबाटिकामा हुने समापन सभामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुने छ ।
२०४६ को संयुक्त जनआन्दोलनका सहयात्री दलहरुको प्रतिनिधिको रुपमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ वामपन्थी नेताहरु विष्णुबहादुर मानन्धर, नारायणमान विजुक्छे, कृष्णराज बर्मा र वरिष्ठ राजनैतिक चिन्तक निलाम्वर आचार्यले संम्वोधन गर्ने कार्यक्रम छ ।
नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको सभालाई उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख रामचन्द्र पौडेल महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गरेको छ । अमेरिकी नियामक निकाय एफडीएले खोपलाई सर्वासाधारणको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक