चैत्रभरी सहमति गर्ने सत्तारुढ दलहरुको निर्णय

२६ चैत्र २०७१, बिहीबार १४:२२ मा प्रकाशित

काठमाण्डौँ, चैत्र २६ । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिका लागि चैत ३० गतेसम्म अधिकतम प्रयास गर्ने निर्णय गरेका छन ।

आज बिहान प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको दुई दलको बैठकले आमहड्ताल फिर्ता लिएर ३० दलीय मोर्चा वार्तामा आउनु सकारात्मक भएको निष्कर्ष निकल्दै सहमतिका लागि प्रयास जारी राख्ने निर्णय गरेको हो ।
बैठकपछि एमाले नेता माधवकुमार नेपालले विभिन्न विकल्प सहित विपक्ष मोर्चासँग छलफल गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले एकीकृत माओवादी सहतिका विपक्षी दलसँग सहमतिका लागि औपचारिक तथा अनौैपचारिक छलफल गरिने समेत उल्लेख गर्नुभयो ।

दुई दलले ३० गते बस्ने संविधानसभाको बैठकबाट संविधान निर्माण प्रक्रिया अगाडि बढाउने समेत जनाएका छन् । विवादका विषयमाथि छलफल गर्दै संविधान निर्माण प्रक्रिया नरोक्ने निचोडमा पुगेको नेपाली कांग्रेसका सह महामन्त्री पूर्णबहादुर खड्काले बताउनुभयो ।

३० दलीय मोर्चाले आमहड्ता फिर्ता लिएसँगै सहमतिका लागि मुख्य दलका दोस्रा तहका नेताहरुले प्रयास गरिरहेका छन । दुई दलको बैठक पर्सि पनि बस्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले