एनआरएन बेलायतको लगानीमा वृद्धाश्रम भवन निर्माण

२५ चैत्र २०७१, बुधबार १०:१७ मा प्रकाशित

काठमाण्डौ चैत्र २५ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० बेलायतको आर्थिक सहयोगमा म्याग्दीको गलेश्वरधाममा सुविधा सम्पन्न ज्येष्ठ नागरिक आश्रम भवन निर्माण भएको छ ।

प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिक आश्रममा आश्रित वृद्धवृद्धाको सुविधाका लागि एनआरएन बेलायतको करिब रु ८० लाख लगानीमा भवन निर्माण गरिएको हो ।

सुविधा सम्पन्न भवनमा १६ कोठा र एउटा सभाकक्षसमेत रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिक आश्रममा प्रवेश गर्ने प्रवेशद्वार गैरआवासीय नेपालीको अन्तर्राष्ट्रिय सङ्गठन समन्वय परिषद्का अध्यक्ष शेष घलेले निर्माण गर्नुभएको छ ।

वृद्धाश्रम भवनको गत वर्ष शिलान्याससमेत गर्नुभएका घलेले रु ११ लाखको लगानीमा आकर्षक प्रवेशद्वार निर्माण गर्नुभएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । आफ्नो घरपरिवार र आफन्तबाट टाढा रहेका ज्येष्ठ नागरिकको सुविधाका लागि भवन निर्माण गरेको एनआरएन बेलायतका निवर्तमान अध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।

उहाँले आफ्नो जिल्लामा रहेका ज्येष्ठ नागरिकको सेवा गर्न पाउँदा आफूलाई खुसी लागेकोसमेत बताउनुभयो । हाल गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा करिब ७० जना वृद्धवृद्धा आश्रित रहेका छन् ।

भवन निर्माणपछि २० जना ज्येष्ठ नागरिकलाई सुविधा सम्पन्न भवनमा आवास सुविधा पुगेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्