बन्द फिर्ताको बिषयमा मोर्चाभित्रै विवाद

२५ चैत्र २०७१, बुधबार ०९:५९ मा प्रकाशित

काठमाण्डौ चैत्र २५ । तीन दिने नेपालबन्द फिर्ता लिने ३० दलीय मोर्चाको निर्णयपछि मोर्चाभित्र विवाद चर्किएको छ । मोर्चामा रहेका मधेसी र जनजाति पार्टीहरुले एमाओबादीबाट धोका भएको आरोप लगाएका छन् ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गतराती एक वक्तव्य जारी गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जनजाति, मधेसी र उत्पीडित समुदायलाई धोका दिएको बताउनुभएको हो ।
हिजो साझ बसेको ३० दलको बैठकले चैत २५ र २६ को नेपालबन्द फिर्ता लिने निर्णय गरेकोमा यादवले आपत्ति प्रकट गर्नुभएको हो ।
आन्दोलन उत्कर्षमा पुग्न लागेका बेला दाहालले नेपाल्ऽ बन्द फिर्ता लिएर धोका दिएको यादवको आरोप छ । नेपाल बन्द फिर्ता लिने निर्णयप्रति आफ्नो कुनै सहमति नरहेको भन्दै यादवले हिजोको निर्णयप्रति दुःखसमेत व्यक्त गर्नुभएको छ ।
३० दलीय गठबन्धनका घटकहरु तमलोपा र सदभावनाका नेताहरुले पनि नेपाल बन्द फिर्ता लिने निर्णयको बैठकमा बिरोध गरेका थिए । तर, उनीहरुका तर्फबाट भने यादवले जसरी सार्वजनिक वक्तव्य भने जारी गरेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका