एकसातादेखिको रौतहटको आन्दोलन फिर्ता

२५ चैत्र २०७१, बुधबार ०९:५५ मा प्रकाशित

काठमाण्डौ चैत्र २५ । रौतहटको गौरमा एकसातादेखि भएको आन्दोलन फिर्ता भएको छ । दोस्रो चरणको आन्दोलन अन्तर्गत चैत्र १८ गतेबाट गौर आन्दोलन चर्किएको थियो । उद्योग वाणिज्य संघको अगुवाईमा सहमति गरिएपछि रातीदेखि आन्दोलन फिर्ता भएको हो ।
उद्योग वाणिज्य संघ, स्थानिय प्रशासन र नेपाल पत्रकार महासंघको सहभागितामा राति १२ बजेसम्म चलेको वार्ताबाट निकास निस्किएको प्रमुख जिल्ला अधिकारी मदन भुजलले बताउनुभयो ।
उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष कन्तमणि जयसवालले स्थानीय प्रशासनले आफ्ना मागहरु पूरागर्ने लिखित प्रतिबद्धता गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताउनुभयो ।
आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सरकारी खर्चमा उपचार, प्रहरीको गाडीको ठक्कर बाट मृत्यु भएका राम अशिष ठाकुरलाई शहीद घोषणाको लागि सिफारिस, मृतकको परिवारलाई ८ लाख रुपैयाँ क्षतिपूर्ति,आन्दोलनको क्रममा भएको प्रहरी दमनको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएपछि जारी रहेको आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको उद्योग वाणिज्य संघले जनाएको छ ।
बन्द फिर्तासँगै स्थानीयले राहत अनुभव गरेका छन । लगातार सात दिनको बन्दपछि मंगलवार राती जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सहमित जुटेको हो । आन्दोलनका कार्यक्रम फिर्ता भएपछि आज विहानबाट गौरको जनजीवन सामान्य बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन