एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाद्वारा थप दुई दिनको बन्द फिर्ता

२४ चैत्र २०७१, मंगलवार २३:२७ मा प्रकाशित

काठमाडौ, २४ चैत्र । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले घोषणा गरेको बन्द फिर्ता लिएको छ । मंगलबार साँझ सिंहदरवारमा बसेको मोर्चाको बैठकले पूर्व घोषित  दुई दिनको बन्द फिर्ता लिने निर्णय गरेको हो । मोर्चाले दिएको जानकारी अनुसार ब्यापारी, उद्योगपति र यातायात व्यवसायीको सुझावलाई मध्यनजर गर्दै बन्द फिर्ता लिने निर्णय गरिएको हो । मोर्चाले पहिलो दिनको बन्दमा जनताले दिएको समर्थन प्रति धन्यवाद प्रकट गर्दै बन्दले जनतालाई पुग्ने कठिनाईलाई ध्यानमा दिएर बन्द फिर्ताको निर्णयमा पुगेको जानकारी दिएको छ । मोर्चाको २७ गते बस्ने बैठकले आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९