सुर्खेतमा पहिरोले पुरिदा ५ को मृत्यु, २ जनाले भागेर ज्यान जोगाए

२४ चैत्र २०७१, मंगलवार २०:५७ मा प्रकाशित

download

काठमाण्डौँ, चैत्र २३ सुर्खेतको घाटगाउँ गाविस ९ स्थित झनझनेमा सिँचाइ कुलो खनिरहेका खनिरहेका बेला माथीबाट आएको पहिरोले पूरिएर पाचँजनाको मृत्यु भएको छ ।

कुलो खल्ने क्रममा करिव २५ मिटरमाथिबाट झरेको पहिरोले पाँच मजदुर पुरिएका हुन् । पुरिनेहरुमा घाटगाउँ ७ का मानबहादुर शाही, तातापानी ६ का कृष्ण विक, मनबहादुर नेपाली, प्रसादे विक र महेश विक छन् ।

कुलोमा काम गरिरहेका सातजना मजदुरमध्ये तातापानीकै चक्रबहादुर टमाटा र घाटगाउका पदमबहादुर नेपाली भागेर ज्यान जोगाउन सफल भएका छन् ।

बाबियाचौर १ तिखाकुनादेखि घाटगाउँसम्म १२ किलोमिटरको सिँचाइ आयोजनाको काम विगत ५ बर्षदेखि हुदै आएपनि अझै सम्पन्न हुन सकेको छैन् ।

तीनपटकसम्म म्याद गुज्रिएको सो आयोजनाको पछिल्लो निर्माणको जिम्मा सुर्य कन्सट्रक्सनले लिइरहेको छ । सो आयोजनाको सबैभन्दा गाह्रो मानिएको सो ठाउ सबैभन्दा बढी जोखिम मानिएको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको