शिक्षकहरुको लागि आवेदन खुल्यो

२४ चैत्र २०७१, मंगलवार १०:२४ मा प्रकाशित

काठमाण्डौ चैत्र २४ । शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहमा स्थायी शिक्षकका लागि आवेदन खुला गरेको छ । मावि र निमावि तहमा ३२ सय पदका लागि आयोगले आवेदन माग गरेको हो ।
आवेदन आउँदो बैशाखको ३० गतेसम्म तोकिएका ठाउँमा बुझाउन सकिने आयोगका अध्यक्ष उदयराज सोतीले जानकारी दिनुभयो ।
स्थायी शिक्षकका लागि परीक्षा भने आउँदो असारमा हुनेछ । माध्यमिक तहमा पुर्वाञ्चलमा २ सय ८९, मध्यमाञ्चलमा ४ सय ८४, पश्चिमाञ्चलमा ३ सय ४२, मध्यपश्चिमाञ्चलमा १ सय ५५ र सुदुरपश्चिमाञ्चलमा १ सय १५ गरी १ हजार ३ सय ८५ पदमा आवेदन मागिएको छ ।
यसैगरी निम्न माध्यमिक तहमा पुर्वाञ्चलमा ४ सय, मध्यमाञ्चलमा ५ सय ८८, पश्चिमाञ्चलमा ५ सय १४, मध्यपश्चिमाञ्चलमा २ सय २७ र सुदुरपश्चिमाञ्चलमा १ सय ३५ गरी १ हजार ८ सय ६४ आवेदन पदमा मागिएको छ ।
विज्ञापन अनुसार माध्यमिक तहको नेपाली विषयका लागि पाँचै विकास क्षेत्रमा खुलातर्फ एकसय १७, महिलातर्फ ३२, आदिवासी जनजातितर्फ २५, मधेसी कोटामा २०, दलिततर्फ ९, अपांगतर्फ ६ र पिछडिएको क्षेत्रमा ३ जनाको लागि आवेदन माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०