बन्दको कारण देशैभरको जनजीवन प्रभावित, राजधानीमा आन्दोलनकारीले ट्याक्सी जलाए

२४ चैत्र २०७१, मंगलवार १०:१७ मा प्रकाशित

काठमाण्डौ चैत्र २४ । एकीकृत नेकपा माओवादीसहितका ३० दलीय गठबन्धनले गरेको आमहड्तालको पहिलो दिन आज विहानैदेखि राजधानी लगायत देशैभरको जनजीवन प्रभावित भएको छ ।
बन्दकर्ताहरु विहानैदेखि राजधानीका विभिन्न ठाउँमा जम्मा भएर बन्द गराउँदै हिँडेका छन् ।
भित्री टोल र गल्लीहरुमा पनि बन्दकर्ताहरुले पसलहरु बन्द गराउँदै हिडेका छन् । बन्द गराउँदै हिड्ने बन्दकर्ताहरुलाई प्रहरीले राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
विजुली बजार बुद्धनगरमा बन्दकर्ताहरुले बा १ च ९४८७ नम्बरको पाउरोटी बोकेको भ्यान तोडफोड गरेका छन् । प्रहरीले भ्यान चालकको सहयोगमा दुई जनालाई बुद्धनगरबाट पक्राउ गरेको छ ।
त्यस्तै, एमाओवादी काठमाडौं जिल्ला अध्यक्ष तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्मा, एमाओबादी काठमाडौं सचिव समेत रहेकी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल की छोरी रेण् दाहाल पनि पक्राउ परेका छिन् । यस्तै अखिल क्रान्तिकारीका सुरेन्द्र बस्नेतलाई पनि प्रहरीले विजुलीबजार पुलबाट पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई तीनकुने प्रहरीमा राखिएको छ ।
त्यस्तै, ललितपुरामा बालकुमारीमा पनि आन्दोलनकारीहरुले एउटा ट्याक्सी जलाएका छन् । जलाइएको ट्याक्सी प्रहरीेले लैजान खोज्दा स्थानीयले क्षतिपूर्ति नतिरी लैजान नपाइने भन्दै रोकेका छन् ।
बन्द साँझ ५ बजेसम्म रहने छ । आज, भोलि र पर्सी सम्म घोषित आम हडताल सशक्त बनाउने मोर्चाका नेताहरुले बताएका छन । साँझ पाँच बजेपछि बन्दको समीक्षा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन